काठमाडौँ, भदौ १९ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गर्ने आकलन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले राष्ट्रियसभामा लग्न सरकारले सिफारिस गर्ने बताउनुभएकाे थियाे । त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाको समयावधि शनिबार सकिँदैछ । उहाँ आजको मन्त्रिपरिषदमा सहभागी हुनुभएकाे प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताउनुभयाे ।






