काठमाडौं उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

  भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा १३ हजार ४१३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया