मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा विवाद पछि झडप, स्थानीयलाई सम्झाउँदै प्रहरी

  भदौ १८, २०७७

ललितपुर, भदौ १८ : ललितपुर पाटनका स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्नुपर्ने माग गर्दे रथ तान्न शुरु भए पछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले झडपकाे अबस्था नआओस भनेर पानी तथा टियर ग्यासको प्रयाग भए पनि कति घाइते भए भन्ने विस्तृत विवरण नआएको बताए ।
प्रहरीले अहिले स्थानीयलाई सम्झाइ बुझाइ गरी रहेको ती अधिकृतले बताए ।

आजै स्थानीयल आफ्नो संस्कृति जोगाउने भन्दै भेला भइ रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका थिए ।बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।

स्थानीय सुरेन्द्र तुलाधरले पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको भन्दै संस्कृतिलाई मास्न नपाउने विरोद जनाउनुभयो ।

उहाँले बैशाख मानै तान्नुपर्ने रथ अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको गुनासो ब्यक्त गर्दे स्वास्थ्य मापदण्ड अनुसार जात्रालाई मिलाउनुपर्ने माग गर्नुभयो ।कोरोना माहामारीका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पाटनमा युवाहरु रथ तान्न तम्सिएका हुन् ।

रथयात्राका क्रममा धिमे बजा बजाउदै युवा अघि लागेका थिए भने रथ तान्ने क्रममा पुल्चोकमा सयौंका संख्यामा युवा सहभागी थिए । कोरोना संक्रमणको त्रास बढेको भन्दै प्रहरीले स्थानीयबासीसँग रथयात्रा रोक्न अनुरोध गरिरहेको थियो ।

प्रहरी तैनाथ भएपछि सहभागीहरु नाराबाजीमा उत्रेका छन् । उनीहरु प्रहरी दमन बन्द गर । जात्रा रोक्न पाइदैन भन्दै नारा लगाइरहेका छन् ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले जात्राका विधि पु¥याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, यो समयमा भीड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै भएर गर्न सकिन्छ ।

मूल पुजारी कपिल बज्राचार्यले विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको बताउनुभयो । अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ ।

विसं २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो ।

अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हँुदैन ।

तपाईको प्रतिक्रिया