काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए

  भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौं उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दैनिक प्रेस ब्रिफिङ्गको क्रममा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोनाका १८ हजार १०८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ११२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

तपाईको प्रतिक्रिया