लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

  भदौ १७, २०७७

रुपन्देही, भदौ १७ : कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।

यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया