त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

  भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ । यि कोरोना संक्रमितको गए रातती मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका काेराेना फाेकलपर्सन डा. सन्तदासले जानकारी दिनुभयो ।

२० वर्षीया एक जनामहिला र ७५ वर्षीय एक जना पुरुष संक्रमितको मृत्युभएको हो । ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलालाई मिर्गौलाको समस्या भएको डाक्टर दासले जानकारी दिनुभयो । पुरुषको हिजो अस्पतालमा भर्ना हुनुभएको थियो भने महिला अस्ति भर्ना भएको डा. सन्तदासलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया