काठमाडौं उपत्यकामा कोरोनाका ४८१ सङ्क्रमित थपिए

  भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४८१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी ४८१ ज्ना थपिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यो पछिल्लो चौबीस घण्टामा निको हुने अहिलेसम्मकै सबैभन्दा बढी हो । पछिल्लो चौबीस घण्टामा १२ हजार ८८ जना पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया