काठमाडौं उपत्यकाका २९८ जनामा कोरोना सङ्क्रमण

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : काठमाडौं उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ ज्ना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८९९जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८८ जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया