पर्सामा थप ३२ जना कोरोना संक्रमण पुष्टि

  भदौ १५, २०७७

वीरगञ्ज, भदौ १५ : पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको ४३६ जनाको स्बाव परीक्षणमा पर्साका ३२ जना , बाराका ४ जना , सर्लाहीका १ जना र ठेगाना उल्लेख नगरिएका १ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना , कालिकामाई गाँऊपालिकाका ९ जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का ४÷४ जना , वडा नम्बर २ र ११ का ३÷३ जना , वडा नम्बर १२ र २० का २÷२ जना , वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का १÷१ जना रहेका छन् ।

नयाँ थपिएका बारा जिल्लाका ४ जना संक्रमितमा कोल्भी नगरपालिकाका ३ जना र महागढीमाईका १ जना त्यस्तैगरी सर्लाहीको रामनगर गाँऊपालिकाकाको १ जना रहेको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनु भयो । शनिबार थपिएका ४७ जना संक्रमित सहित पर्सामा कुल संक्रमितको संख्या २ हजार १ सय ९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया