चन्दना घिमिरे
कोपिलै थेउ रङ्गिन जीवन बिताउँदै हर्षमा
धर्ति छोड्न बाध्य भयौं १३ वर्षमा
देवी झैं रुप तिम्रो राम्री मान्थे अरुले
गिद्दे नजर लगाई छाडे पापीहरुले
आफ्नै जन्मथलोले नि दियो त्यत्रो घात
कति छट्पटियो कति तड्पियौं दिउसै भयो रात
ठूलै मान्छे होलान् पक्कै तिम्रो पराण खिच्नेहरु
पावर पैसा हो नि यहाँ नियम कानुन मिच्नेहरु
कुन पापीले तिम्रो यात्रा अन्तिम पारिदियो
तिमीलाई गुमाइ बा–आमालाई जिउँदै मार्दियो
खेल्ने रमाउने उमेरमै पिडाको मुस्लो दन्कियो
जगजगाउँदा जीवन यात्रा अधुरैमा थन्कियो
ग-या छैन तिम्रो चियो पुलिस सरकारले
दोषीजति लुकाउँदै छन् अनेक प्रकारले
सरकार भित्रै बलत्कारी हत्यारा नि मेल भाछ
त्यहि भयर त हाम्रा आशा सबै फेल भाछ
कानुनको कटघरामा छैन दोषी ल्याएको
आज पनि छैन सरकार न्याय दिन भ्याएको
हत्यारा चाहि बस्या होला तडक भडकमा
हामी चाहि न्याय माग्दै हिँड्छौ सडकमा
तिमीलाई न्याय मिल्ने छन्द कतै पनि देखिन्न
सोझा सिधा हाम्रो पिडा कतै हेरिन्न
न्याय पाउन हामीले धेरै गरेको हौ अठोर
सरकार नै लाचर बन्यो भइदियो कठोर
आउन छिटै बैनी तिमी कुनै रुप लेर
तिमीलाई था छ हत्यारा जौली धुप देर
जा छौ बैनी त्यो पापीलाई तड्पाएर मारिदेऊ
तिम्रो हरेक बदलाको मुक्ति पारिदेऊ
आत्मा बनि त्यो पापीको मनतन धाउ है
आफ्नो न्याय दिलाउन पक्कै आउ है
नदेउ तिन्लाई हास्न, रोकिदेउ बाटो चम्किन
टुक्राटुक्रा पार्देउ बैनी नदेउ अघि लम्किन