बुटवलमा कोरोनाबाट एक वृद्धको मृत्यु

  भदौ १४, २०७७

बुटवल, भदौ १४ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।

मृतकमा पहिलेदेखि नै मुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया