बिनयीत्रिबेणी (नवलपरासी) भदौ १४ : पूर्बी नवलपरासीमा पहिलोपटक एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ ,निवासी ६२ वर्षीय काफलेको उपचारको क्रममा शनिबार राती चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
एक साता अघि उच्च ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा भर्ना गरिएकोमा त्यहाँ निको नभए पछि थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा पिसिआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । उनको शनिबार राती निधन भएको हो । कोरोना परीक्षणमा शनिबार मात्रै उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
पुर्वी नवलपरासीमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मृतकका शव व्यवस्थापन परिवारको सदस्यसँग सल्लाहा गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आज गरिने तयारी भईरहेको बताउनुभयो ।






