पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एकको मृत्यु

  भदौ १४, २०७७

काठमाडौँ, भदौ १३ : पाटन अस्पताल ललितपुरमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक ६२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार उपचारको क्रममा महोत्तरी निवासी महिलाको आज अपरान्ह करिब एक बजे मृत्यु भएको हो ।

उहाँ भदौ ९ गते पाटन अस्पताल, ललितपुरमा उपचारका लागि भर्ना हुनुभएको थियो । पाटन अस्पतालमा आइसीयूमा उपचाररत दुई जनाको शुक्रबार राति र शनिबार बिहान मृत्यु भएको थियो ।

एकजना काठमाडौँ महानगरकी र अर्को भक्तपुरकी गरी दुवै जना महिला रहेको अस्पतालले जनाएको थियो ।

तपाईको प्रतिक्रिया