काठमाडौं, भदौ १३ : नेपालमा कोरोना भाइरस संक्रमणका कारणले पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । तीन महिला र नौजना पुरुषको भाइरस संक्रमणका कारणले मृत्यु भएको हो ।
योसँगै यसरी ज्यान गुमाएकाहरुको सङ्ख्या २ सय ७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु भएको शुन्य दशमलब ५५ प्रतिशत पुगेको छ । पाल्पामा ३० वर्षीया, काठमाडौंमा ५१ वर्षीया र भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै, पर्सामा ४८ र ४९ वर्षीय, सिरहा ८४ वर्षीय , गोरखा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय , काठमाडौं ४३ वर्षीय र ललितपुरमा ७२ र ६१ वर्षीय पुरुष र भक्तपुर ८२ वर्षीयको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।






