कोराेना संक्रमणबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

  भदौ १२, २०७७

भरतपुर भदौ १२ : चितवनका छुट्टाछुट्टै तीन अस्पतालमा उपचार गराइ रहेका कोभिड १९ का तीन विरामीको शुक्रवार मृत्यु भएको छ । मृत्यु हुने मकवानपुर हेटौडाकी ७१ वर्षिया वृद्धा, चितवन भरतपुर २ का ५१ वर्षिय पुरुष र गोरखा आवुखैरेनी १३ का ३८ वर्षको पुरुष गरि तीनको मृत्यु भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

होटौडाकी वृद्धाको चितवन मेडिकल कलेजमा, चितवन भरतपुरका पुरुषको पुष्पाञ्जली अस्पतालमा र गोरखा आँवुखैरेनीका पुरुषको भरतपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । कोभिड १९ संक्रमणका कारण भदौ ५ गते देखि मेडिक कलेजमा संघन उपचार कक्षमा उपचार हुदा हुदै वृद्धाको विहान ६ः५० मा मृत्यु भएको हो चितवन मेडिकल कलेजले जनाएको छ ।

यस्तै पुष्पान्जली अस्पतालमा उपचार गराई रहेका भरतपुरको पुरुषको शुक्रवार विहान १० वजे मृत्यु भएको हो भने गोरखा आवुखैरेनीका पुरुषको दिउसो २.३० वजे मृत्यु भएको भरतपुर अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चितवन मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै आफ्नो अस्पतालमा कोभिड १९ का विरामी ४२ जनाको उपचार भैरहेको र त्यस मध्ये २० जनाको अवस्था गंम्भीर रहेको उल्लेख छ ।

यस्तै सो अस्पतालले अहिलेसम्म पिसिआर परीक्षण गरिएका ७२७ स्वायव मध्ये १०९ जनामा कोभिड १९ पहिचान भएको पनि विज्ञप्तिमा जनाइएको छ । पछिल्लो दुई सहित चितवनका अस्पतालहरुमा कोभिड १९ कै कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ । ति मध्ये चार जना चितवनका हुन् ।

तपाईको प्रतिक्रिया