धरानमा उपचाररत सिराहाका काेराेना संक्रमित पुरुषको मृत्यु

  भदौ १२, २०७७

विराटनगर, भदाै ११ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

खोकी, श्वास फेर्न गाह्रो तथा ज्वरो आएपछि परिवारले भदौ ६ गते बीपीमा भर्ना गरेका थिए । बीपीको मेडिकल वार्डमा भर्ना गरेर स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पोजिटिभ रिपाेर्ट आएको थियो । प्रवक्ता सापकोटाका अनुसार कोभिड–१९ अस्पतालको आईसीयूमा दुई दिनदेखि उपचारत पुरुषमा उच्च रक्तचापसँगै २० वर्षअगाडि टीबी रोगको औषधि सेवन गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया