मेक्सिको सिटी, भदौ ११ : मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ ।
गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो ।
यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो ।






