भारतीय पूर्वराष्ट्रपति मुखर्जी ‘डिप कोमा’मै : सैनिक अस्पताल

  भदौ ११, २०७७

नयाँ दिल्ली, भदौ ११ : भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी बिहीबार पनि ‘डिप कोमा’ मा रहनुभएको उहाँको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । उहाँलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पताले बुधबार विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको थियो ।

आज पनि उक्त अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखिएको जनाएको हो । नयाँ दिल्लीबाट भारतीय सञ्चारमाध्यमहरुले सो समाचार दिएका बताइएको छ । उहाँलाई केही समय यही उपचार प्रविधिमा राखिने सो अस्पतालले बुधबार नै जानकारी दिएको बताइएको थियो ।

पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको जनाइएको थियो । त्यसपछि भने उहाँलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ ।

तपाईको प्रतिक्रिया