थपिए १ हजार १११ संक्रमित, कुल ३५ हजार ५२९ पुग्यो, थप आठको मृत्यु

  भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । त्यसैगरी देशभर रहेका सङ्क्रमितमध्ये १५१ आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप आठ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमा पाँच महिला छन् भने बाँकी तीन पुरुष छन् । ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीय, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिलाको कोरोना भाइरसबाट निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ । नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालमा एकहजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।

थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौहजार ६३ रहेका छन् ।

भेन्टिलेटरमा १७ जना
भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरु २० हजार ७३ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।

नौवटा जिल्ला पाँच सयभन्दा माथि
मोरङ, धुनषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौं, ललितपुर जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित शुन्य भएका जिल्ला
नेपालमा दुईवटा जिल्लाहरु सङ्क्रमित शुन्य रहेका छन् । मुस्ताङ र हुम्ला मात्र अहिले सङ्क्रमित शुन्य भएका छन् ।

आठजना सङ्क्रमितको मृत्यु
नेपालमा २४ घण्टामा सङ्क्रमित पाँच महिलासहित आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने एकसय ८३ पुगेको छ ।

नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शुन्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया