बुटवलमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी महिलाको मृत्यु

  भदौ ११, २०७७

बुटवल, भदौ ११ : प्लाज्मा थेरापीको माध्यमबाट उपचार थालिएकी कोरोना संक्रमित एक महिलाको विहीवार विहान बुटवलमा उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरकी ७० बर्षिया महिलाको बुटवलस्थित कोरोना बिशेष आईसोलेसन अस्पतालमा विहिवार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. बिष्णु गौतमले ती महिला थाईराइड र उच्च रक्तचापको समेत बिरामी रहेको र उहाँको बिहिबार बिहान साढे १० बजे मृत्यु भएको जानकारी दिनुभयो ।

उनलाई यही सोमावार पहिलोपटक प्लाज्मा दिएर सो विधिवाट उपचार भैरहेको थियो ।
प्रवक्ता डा. गौतमले बुधबारसम्म उहाँको स्वास्थ्यमा सुधार देखिएपनि रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो ।

उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भईरहेको डा. गौतमले बताउनुभयो । साउन २६ मा कोरोना संक्रमण पुष्टि भएको ती महिलाको साउन ३१ गते अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो ।

तपाईको प्रतिक्रिया