सामान्य प्रशासनले ६० सहसचिवलाई प्रदेशहरूमा खटायाे

  भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका ६० जना सहसचिवलाई काम तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले प्रशासन, शिक्षा, कृषि, आर्थिक योजना तथा तग्याङ्क, वन तथा इञ्जिनियरिङ् सेवाका सहसचिवहरूलाई मङ्गलबारको निर्णयले काजमा खटाएको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयले सहसचिवहरूलाई प्रदेशस्तरका मन्त्रालय तथा निकायमा काजमा मात्र खटाउन पाउने हुँदा हाल काजमा तथा कामकाज तोकेको र मन्त्रिपरिषदबाट सदर भएपछि त्यो सरुवासरह हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया