काठमाडौं, भदौ १० : काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।






