होटल क्वारेन्टाइन राख्न शुरु, हाललाई ६२ होटल छुट्याइयो

  भदौ १०, २०७७

काठमाडौं,भदौ १० : उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसीसकेका होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताउनुभयो ।

उहाँले विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सवै पूर्वाधार तयारी अवस्थामा रहेको बताउनुभयो । सरकारले जारी गरेका मापदण्ड पूरा गर्न कुनै समस्या नहुने बताउँदै उहाँले विदेशबाट आउने नेपालीलाई आफूहरुले राख्न पाउँदा खुशी महसुुस गरेको उहाँ बताउनुहुन्छ ।

सुरुको लकडाउनमा पनि विदेशबाट आएका १५ सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको बताउँदै अहिले आउनेलाई राख्न पनि कुनै समस्या नहुने महासचिव शाक्य बताउनुहुन्छ ।
काठमाडौँमा होटल संघ नेपाल(हान)मा आवद्ध ३५० होटल सञ्चालनमा छन् । जसमा हाल ६२ होटल क्वारेन्टाइनको लागि छुटटाएको महासचिव शाक्य बताउनुहुन्छ ।

पछि बस्नेको माग आएमा क्वारेन्टाइनको लागि होटलको संख्या बढाउन सकिने उहाँ बताउनुहुन्छ । हामीले विदेशबाट आउने नेपालीको लागि फाईदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपल्वध गराएको महासचिव शाक्यको भनाई छ ।

विदेशबाट आएकाहरुलाई क्वारिन्टिन होटल सम्म स्वास्थ्य मापदण्ड पूरा गरि आफनै गाडिमा राखेर होटल सम्म ल्याउने गरेको उहाँ बताउनुहुन्छ । विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारन्टिनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुटटै गेटदेखि वाइफाइ सम्मको मापदण्ड पूरा गर्नु पर्ने ब्यबस्था छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक सूचना जारी गर्दै होटल व्यवसायीले क्वारिन्टनको लागि दिने होटलको विभिन्न मापदण्डमा सो कुरा उल्लेख गरेको छ । होटल संघ नेपाल र होटल व्यवसायी महासंघले क्वारन्टिन स्थलको रुपमा प्रयोग गर्न होटलले तोको मापदण्ड पूरा गरेको हुनुपर्ने छ । त्यस्ता होटलमा मात्र क्वारन्टीनको लागि प्रयोगमा ल्याउन सक्ने छन् ।

क्वारन्टीनको लागि कम्तिमा २० कोठा भएको, स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुटटै गेट वा कम्पाउण्ट भएको हुनपर्ने छ । सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैँचा भएको भएको हुनुपर्ने छ । होटल क्वारन्टिनमा रहेका हवाई यात्रुहरुलाई सेवा प्रदान गर्न (खाना, पानी, अन्य लजिष्टिक सपोर्ट हुनुपर्ने छ ।

स्वाव परीक्षणको नमुना संकलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्ने छ । होटलमा टिभी, वाइफाइ, रुममा अनिवार्य भएको हुनुपर्ने हुनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । होटलको रुपमा अट्याच ट्वाइलेट र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था भएको हुनुपर्ने छ ।

साथै होटलमा खाना तथा अन्य सेवाहरु कोठामा वा प्यासेजमा मात्र प्रदान गर्न पाइने भएको छ ।
होटलको प्रत्येक प्रस्थान कक्षमा साबुन पानीले हात धुने व्यवस्था भएको हुनु पर्ने छ ।होटलले प्रदान गर्ने सेवाहरु सामूहिक रुपमा खाना खाने स्थल ’बुफ’े, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्ण रुपमा बन्द गर्ने गरिएको हुनुपर्ने बताइएको छ ।

प्रत्येक कोठामा एक हप्ता पुग्ने गरी साबुन, ब्रस, ह्याण्डवास र टावेल अनिवाय हुनु पर्ने छ ।
साथै उद्वार उडानबाट आउने हवाइ यात्रुहरुलाई होटल क्वारन्टीनमा सात दिनका लागि राख्ने प्रयोजनका लागि होटल एसोसियसन नेपाल र होटल व्यवसायी महासंघ सम्बद्व होटलहरुमका इकोनोमी÷ पर्यटकस्तर होटलमा सात रात र आठ दिनको दुई जना बस्ने कोठाको लागि प्रति व्यक्ति एक मुष्ट ११ हजार बस्ने व्यक्तिले तिर्नु पर्ने छ । एक जना मात्र वस्ने कोठाको लागि एकमुष्ट १७ हजार ५ सय लाग्ने छ ।

यो अवधि भन्दा बढी बस्नु परेमा सो होटलको लागि दुई जना बस्नको लागि प्रतिव्यक्ति प्रतिदिन १५ सय र एक जना बस्नको लागि २५ सय प्रतिदिन थप शुल्क लाग्ने छ । स्टार ÷बुटिक होटल बस्नेको लागि एक जना बस्ने कोठाको लागि प्रति दिन ४ हजारका दरले शुल्क लाग्ने छ । दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति २५ सय का दरले सात सम्मको खर्च लाग्ने छ ।

तपाईको प्रतिक्रिया