पहिरोले गाउँ नै विस्थापित, ३२ घर जोखिममा

  भदौ १०, २०७७

सिन्धुपाल्चोक, भदौ १० : सुनकोशी गाउँपालिका-६, थुम्पाखरको सुन्दरडाँडामुनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ । बुधबार बिहान त्यहाँ पहिरो जाँदा धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी घर उच्च जोखिममा परेको स्थानीय रामशरण बोहराले बताउनुभयाे ।

अहिले बिहान पनि निरन्तर पहिरो झरिरहेको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताउनुभयो । विद्युतका पोलहरू बगाएको छ । खेतबारी बगाउन थालेको छ ।

स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा नं. ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिनुभएको छ । थातथलो छाडेर हिँड्नुपर्ने भएपछि पहिरो पीडितको कन्तबिजोग भएको छ ।

तपाईको प्रतिक्रिया