काभ्रे, भदौ १० : धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ निवासी ५५ बर्षीय पुरुषको मंगलबार राती ११ः५५ मा मृत्यु भएको जानकारी दिनुभयो । मुटु र थाइराईड रोगको उपचारका लागि तीन दिन अघि उहाँ धुलिखेल अस्पताल आउनुभएको थियो ।
उहाँको उपचार कै क्रममा मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उहाँको शवलाई नेपाली सेनाले पशुपतिमा रहेको बिद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी भएको झाले जानकारी दिनुभयो । यो सँगै धुलिखेल अस्पतालमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । धुलिखेलका ९८ बर्षीय जेष्ठ नागरिक, सिन्धुपलाञ्चोककी सुत्केरी महिलालाई उपचार हुन नपाउँदै मृत्यु भएको थियो ।
जिल्लामा कोरोना सङक्रमितको सख्या १६३ पुगेको छ । जसमा ६३ जना निको भएर घर फर्कीएका छन भने बाँकी ९८ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन । काभ्रेपलञ्चोकमा कोरोना संङक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।






