नेकां नेता गाेविन्द रञ्जितकाे निधन

  भदौ ०९, २०७७

काठमाडाैं, भदाै ९ : नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको उपचारका क्रममा आज विहान निधन भएकाे छ ।

वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको नेपाली काँग्रेस केन्दिय कार्यालयले एक शाेक विज्ञप्ति मार्फत जानकारी दिएकाे छ । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया