काठमाडौँ उपत्यकामा २४ घण्टामा १६६ नयाँ सङ्क्रमित

  भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले दैनिक नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी पछिल्लो चौबीस घण्टामा १६६ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २६ जनाको स्वाब परीक्षण गरिएको छ ।

काठमाडाैँ उपत्यकाको त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, वीरेन्द्र अस्पतालबाट कोभिड–१९ को परीक्षण गराउनेको तथ्याङ्क उपलब्ध नभएकोले पीसीआर सङ्ख्या घटेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडाैँ उपत्यकामा शनिबार हालसम्मकै सबैभन्दा बढी २१६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया