काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा २१६ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
काठमाडौं उपत्यकाको काठमाडौंमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै चौबीस घण्टाको सबैभन्दा बढी हो ।






