२४ घण्टामा अहिलेसम्मकै बढी ११ कोरोना सङ्क्रमितको मृत्यु

  भदौ ०५, २०७७

काठमाडौं, भदौ ५ : समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ । अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एक महिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ ।

त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेका छन् । यस दुःखद घडीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हार्दिक समवेदना प्रकट गरेको प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया