काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका कारण बिहीबार थप छजनाको मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो ।
काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय २६ पुगेको छ ।






