कर्णालीमा ८६ वर्षकी वृद्धासहित चार कोरोनामुक्त, ६ संक्रमित थपिए

  भदौ ०२, २०७७

सुर्खेत, भदौ २ : कर्णाली प्रदेशमा ८६ वर्षिय वृद्धा महिला कोरोना संक्रमणमुुक्त हुनुु भएको छ । मंगलबार उहाँसहित चार जनालाई कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ । दैलेखको महाबु गाउँपालिकाबाट अनुहारको दायाँ भाग नचल्ने भएपछि उपचारका लागि प्रदेश अस्पताल आउनु भएको थियो ।

उहाँ उच्चरक्तचापको बिरामी समेत हुनुहुन्थ्यो । यसै क्रममा उहाँलाई कोरोनापरीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । प्रदेश अस्प्तालका कोरोना फोकलपर्सन डा. प्रतिप न्यौपानेले कोरोना संक्रमणमुक्त भएपछि मंगलबार उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलालाई कोरोनाको कुनै पनि लक्ष्ण देखिएको थिएन । उहाँको प्रेसर पनि नर्मल भएको र स्वास्थ्य अवस्था समान्य रहेको डा. न्यौपानले बताउनुभयो । ८६ वर्षीय वृद्धासँगै तीन जनालाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेशमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखका पाँच र रुकुमपश्चिमका एक जनामा कोरोना संक्रण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कारोना संक्रमितको संख्या दुई हजार ८७ पुगेको छ । त्यस मध्ये एक हजार नौँसय ३२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । अब प्रदेशका सक्रिय कोरोना संक्रमितको संख्या एकसय ४९ रहेको छ ।

तपाईको प्रतिक्रिया