मकवानपुर र धादिङको सिमानामा पहिरो एक बेपत्ता, राजमार्ग अवरुद्ध

  साउन ३०, २०७७

हेटौँडा, साउन ३० : त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो जाँदा स्थानीय काले मोक्तान बेपत्ता भएका हुनु भएको छ । मकवानपुर र धादिङ जिल्लाको सिमाना नजिकै रहेको ढुङ्गाखानीमा बिहीबार साँझ पहिरो जाँदा तीन वटा टिपर र एउटा एस्काभेटर पुरिएको छ । खानीमा कार्यरत ५४ वर्षीय मोक्तान बेपत्ता भएको थाहा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष मानबहादुर स्याङ्तानले जानकारी दिनुभयो ।

बेपत्ता हुने मोक्तान आफ्नै छिमेकी भएको भन्दै घटनास्थलमा रहनु भएको वडाध्यक्ष स्याङ्तानले हिजो फेला नपरेको र विहानैबाट मोक्तानको खोजी कार्य सुरु गरिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय पालुङबाट घटना भएको केही समयपछि घटनास्थलमा प्रहरी टोली पुगेको पनि बेपत्ता फेला परेका थिएनन् । पहिरोका कारण उद्धारमा समस्या भएको छ । साथै पहिरो आएर त्रिभुवन राजपथको नौबिसे–टिस्टुङ खण्ड अवरुद्ध बनेको छ ।

तपाईको प्रतिक्रिया