काठमाडौंमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे २०२६’ सम्पन्न

  ३ मिनेट अगाडि

काठमाडौं, मंसिर १३ : काठमाडौंमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौं २०२६’ सम्पन्न भएको छ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफमा शनिबार आयोजित कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञ, उद्योग प्रतिनिधि, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने युवाहरूको सहभागिता रहेको थियो।

‘एलबीईएफ कलेज प्रेजेन्ट्सः एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौं २०२६, पावर्ड बाइ रेभकेटर एआई’ नाम दिइएको उक्त कार्यक्रम एडब्लुएस स्टुडेन्ट बिल्डर ग्रुप एट एलबीईएफको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, जेनेरेटिभ एआई, साइबर सुरक्षा तथा आधुनिक प्रविधिको विकास र प्रयोगसम्बन्धी विभिन्न प्रस्तुति तथा छलफल भएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘द फ्युचर अफ टेकः एकेडेमिया, इन्डस्ट्री एन्ड एआई’ विषयक प्यानल छलफलमा विज्ञहरूले प्रविधिको बदलिँदो स्वरूप, शैक्षिक क्षेत्र र उद्योगबीचको सम्बन्ध, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभाव तथा भविष्यमा आवश्यक पर्ने प्राविधिक सीपका विषयमा आफ्ना धारणा राखेका थिए।

त्यसैगरी, विभिन्न प्राविधिक सत्रमार्फत सहभागीहरूलाई क्लाउड सुरक्षा, नेटवर्किङ, डेभअप्स, अनुगमन प्रणाली तथा इन्टरनेट अफ थिङ्स ९आईओटी० लगायतका विषयमा जानकारी दिइएको थियो। सत्रमा विज्ञहरूले आफ्ना अनुभव तथा व्यावहारिक ज्ञान प्रस्तुत गरेका थिए। विद्यार्थीहरूलाई प्रविधि क्षेत्रका विज्ञ तथा उद्योग प्रतिनिधिसँग प्रत्यक्ष जोड्ने, नवीनतम प्रविधिबारे ज्ञान आदानप्रदान गर्ने र नेपालको प्रविधि समुदायलाई थप सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधिको व्यावहारिक ज्ञान हासिल गर्नुका साथै उद्योग क्षेत्रका विज्ञहरूसँग अनुभव आदानप्रदान र सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया