तनहुँ, ११ मङ्सिर : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय आवश्यकता र राजनीतिक परिस्थितिका आधारमा स्थानीय निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुन सक्ने बताउनुभएको छ ।
शुक्रबार तनहुँको दमौलीमा प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विचार र राजनीतिक दृष्टिकोण मिल्ने दलहरूसँग स्थानीय आवश्यकताअनुसार सहकार्य र तालमेल गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले सबै स्थानीय तहमा एउटै राजनीतिक समीकरण लागू नहुने उल्लेख गर्दै सम्बन्धित क्षेत्रको राजनीतिक अवस्था, दलहरूबीचको सम्बन्ध र जनताको अपेक्षालाई आधार बनाएर तालमेलको स्वरूप तय हुने बताउनुभयो ।
स्थानीय निर्वाचनको तालमेललाई केन्द्रको राजनीतिक समीकरणसँग मात्र जोडेर हेर्न नहुने उहाँको भनाइ थियो ।






