काठमाडौँ, ११ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच बिहीबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।






