इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

  ३ घण्टा अगाडि

काठमाडौँ, मङ्सिर १ : इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपालले ग्राहकको सहजताका लागि आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ ।

एपमार्फत ग्राहकले बिल भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण हेर्न तथा प्राविधिक समस्या समाधानका लागि सपोर्ट टिकट पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार एपबाट एनइटिटिभी तथा राउटरसम्बन्धी जानकारीसमेत लिन सकिनेछ । एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Convert to PDF

तपाईको प्रतिक्रिया