जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

  कार्तिक २४, २०८३

काठमाडौँ, २३ कात्तिक : देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया