काठमाडौँ, १९ असोज : नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ शारदीय काव्यमिलन गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानका काव्य,संस्कृति एवं डिजिटलाइजेशन विभाग प्रमुख दीपक सापकोटाले शरद् ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता दिन गोष्ठी आयोजना गरिएको बताउनुभयो ।
गोष्ठीमा समारोहमा अमरदीप सुनुवार, अस्मिता वादी, ईश्वरा शिवा, उमेश अकिञ्चन, ज्योति जङ्गल, डोल्मा लामा, नारायण ढकाल, प्रकाश थाम्सुहाङ, प्रज्वल अधिकारी, फूलमान वल, भूपेन्द्र खड्का, भूमिका थारू, मणि लोहनी, मिमबहादुर परियार, रमन पौडेल, राजन मुकारूङ, रूपक अलङ्कार, रूपेश श्रेष्ठ, विनोदविक्रम केसी, विप्लव ढकाल, विश्व सिग्देल, सविता गौतम दाहाल, सुरज राना, सुरेश गाउँले, सोझो गाउँले र हाङयुग अज्ञातले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
गोष्ठीका माध्यमबाट सीमान्तकृत समुदायका आवाज, देशप्रेम, मानवीय संवेदना, समसामयिक राजनीतिक–सामाजिक विसङ्गतिमाथिका तिखा प्रहार भएका थिए । कविता वाचन गर्दै श्रवण मुकारूङले शारदीय काव्यमिलनको महत्ता गरिमाबारे कवितात्मक रुपमा काव्य सिर्जनाले समाजलाई निरन्तर सचेत र जीवन्त बनाइराख्ने बताउनुभएको राससमा उल्लेख छ ।






