माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन

  २ घण्टा अगाडि

काठमाडौँ, १२ भदौ : सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ ।

सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटी तथा काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सर्वसाधारण कपडा, खाद्यान्न, खानेपानी, बिस्कुटलगायतका सामग्री लिएर माइतीघर मण्डलामा पुगेका छन् ।

स्वस्फूर्त रूपमा संकलन भइरहेको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिएको सानो आह्वानमा उल्लेख्य जनसहभागिता जुटेको आयोजकहरूले बताएका छन् । (स्रोत : गोरखापत्र अनलाइन)

तपाईको प्रतिक्रिया