एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था

  ९ घण्टा अगाडि

टोकियो, ३ भदौ : ओलम्पिकपछिको सर्वाधिक ठुलो खेलकुद मेला एसियाली खेलकुदको २० औँ संस्करण अर्को महिना जापानम सुरु हुँदै छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र आइची सहरमा हुने यस खेलकुद मेलामा १५ हजार खेलाडी र अफिसियल सहभागी हुने अपेक्षा गरिएको छ । 

टोकियोमा मङ्गलबार एसियाली खेलकुदको मसाल प्रज्वलन गरिएको छ । सोही कार्यक्रम बिहीबार सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेको सहर हिरोसिमामा पनि आयोजना गरिने छ । त्यसपछि शनिबार यी दुवै मसाल एकै ठाउँमा ल्याएर नागोयासम्म टर्च -याली हुने छ । आइची नागोया एसियाड आयोजक कमिटीका सहमहासचिव काजुहिरो यागीले यो खेलकुद मेला नजिकिएको अवस्थामा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले जापानका मात्र होइन एसियाले नै आइची नागोया एसियाडको आनन्द लिने छ भन्नुभयो ।

आयोजकले यसपालि खेलाडीलाई ‘प्लेयर्स भिलेज’ मा नभई उच्चस्तरीय होटेलका साथै ‘क्रुज’ र ‘काठको कन्टेनर’ मा राख्ने बताएको छ । आयोजकको भनाइ छ, “यसपालि खेलाडीले अद्वितीय अनुभव प्राप्त गर्ने छन् । आयोजकले लागत घटाउन अस्थायी खेलाडी आवासको विकल्पका रूपमा इटालियन व्रmुज जहाज कोस्टा सेरेना भाडामा लिएको छ । करिब चार हजारदेखि पाँच हजार खेलाडी जहाजमा बस्ने छन् । जसमा ५७१ क्याबिन, सात स्विमिङ पुल, आठ रेस्टुरेन्ट र नौ बार रहेका छन् । थप दुई हजार खेलाडी र अफिसियल नागोयाको गार्डेन पियर क्षेत्रमा काठको ढुवानी कन्टेनर–शैलीको झुपडीमा बस्ने छन् । अन्य खेलाडीलाई होटेलमा राखिने छ ।

२० औँ एसियाडमा आइची नागोयाबाहेक टोकियोमा पनि केही खेल खेलिने छ । पौडी, ड्राइभिङ र इक्वेस्ट्रियनका इभेन्ट टोकियोमा हुने छन् ।

एसियाडमा सहभागी हुने खेलाडीमा केही युवा विश्वप्रसिद्ध खेलाडी पनि छन् । आइची नागोयामा कम उमेरमै विश्व खेलकुदमा सनसनी फैलाइसकेका खेलाडीहरू फिलिपिन्सकी टेनिस खेलाडी अलेक्ज्यान्द्रा इला, भारतका १५ वर्षीय व्रिmकेटर वैभव सूर्यवंशी र चीनका पौडी खेलाडी यु जिदीमा विशेष नजर रहने छ । इलाले यस महिना वासिङ्टन ओपन जित्नुभएको थियो । सूर्यवंशीले कम उमेरमै विश्व विकेटका सबभन्दा प्रतिभाशाली व्रक्रकेटरको पहिचान बनाइसक्नुभएको छ । पौडी खेलाडी युले गत वर्ष दुई सय मिटर इन्डिभिजुयल मेड्लीमा एसियाली कीर्तिमान राख्नुभएको थियो । यु अक्टोबरमा १४ वर्षकी हुनुहुने छ । युबाट जापानमा एकभन्दा बढी स्वर्ण पदकको अपेक्षा गरिएको छ ।

आगामी एसियाडमा चीनले नै अङ्क तालिकामा शीर्ष स्थान बनाउने अपेक्षा गरिएको छ । पछिल्लो संस्करण ह्वाङजाउ एसियाडमा चीनले २०१ स्वर्ण पदकसहित शीर्ष स्थान बनाएको थियो । दोस्रो स्थानमा रहेको जापानभन्दा चीनले झन्डै चार गुणा बढी स्वर्ण पदक जितेको थियो । (एएफपी)

तपाईको प्रतिक्रिया