स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि

  साउन २५, २०७७

काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधवप्रसाद तिवारीका अनुसार मन्त्रालयका चार जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँले मन्त्रालयका चालक र सहयोगीमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया