काठमाडौँ, साउन २४ : सरकारी चिकित्सक सङ्घ नेपालका अध्यक्षमा डा रवीन खड्का निर्वाचित हुनुभएको छ । आज सम्पन्न अनलाइनबाट भएको मतदानमा डा समाज गौतमलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा खड्काले ४८० तथा उहाँका प्रतिद्वन्द्वी डा गौतमले २३७ मत प्राप्त गर्नुभएको थियो । पन्ध्र सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा विजय थापा, उपाध्यक्षमा डा सुशीलमोहन भट्टराई, महासचिवमा डा कीर्तिपाल सुवेदी, सचिवमा डा रोशनभगत चौरसिया र कोषाध्यक्षमा डा सुधा शाही निर्वाचित हुनुभएको छ ।
सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव साह, डा प्रकाश भट्टराई, डा विजयकुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुसन भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा कूल ७६८ मध्ये ७२३ सहभागी हुनुभएको निर्वाचन समितिका संयोजक डा मरासिनीले जानकारी दिनुभयो ।






