बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित

  साउन २४, २०७७

वीरगञ्ज, साउन २४ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिर्पोट अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन २१ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा परीक्षणका लागि स्वाब दिएका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह सहित थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ सङ्क्रमितहरुमा आठजना महिलासहित थप ५५ जना पुरुष रहेका छन् जसमा पैसा तिरेर पिसिआर परीक्षण गरिएका १३ जनामा र मास टेस्टिङ्गका लागि लिइएको स्बाव ,कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलित स्बावको परीक्षण रिर्पोट रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिनुभयो ।

थपिएका नयाँ सङ्क्रमितहरुमा बहुदरमाई नगरपालिकाका मेयरसहित २५ जनामा, नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारी, नेपाली सेनामा एक जवानमा कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तैगरी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका दुई जना, वीरगञ्ज आदर्शनगरका छजना, श्रीपुरका चारजना, मुर्लीका दुईजना, नगवाका चारजना, रेशमकोठी र विर्ताका एक एकजना रहेका छन् ।

वीरगन्जको गण्डकस्थित काेराेना विशेष नारायणी अस्पताल
पैसा तिरेर स्वयं परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेको डा. उपाध्यायले जनाए ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।

तपाईको प्रतिक्रिया