पर्यावरणीय सभ्यताबारे सी चिनफिङको विचारमाथि नेपालमा छलफल

  ४ घण्टा अगाडि

पर्यावरणीय सभ्यता भए मात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सी चिनफिङको अवधारणा विश्वभर लागू हुनुपर्ने नेपालका विज्ञहरूले बताएका छन् ।

फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा. चन्द्रमणि अधिकारी, डा. धर्म उप्रेती, डा. सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यानदिनुपर्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिंड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गर्नुभयो । निश्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उहाँले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने धारणा राख्नुभयो।

डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्ता अनिवार्य रहेको धारणा राख्नुभयो । डा. सञ्जयनाथ खनालले दीगो विकासको मान्यतालाई आत्मसात गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिंढीलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा ल्याउनुभएको हो ।

तपाईको प्रतिक्रिया