काठमाडौँ, भदौ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडने घोषणा गर्नुभएको छ ।
उहाँले कहिलै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषण गर्नु भएको हो ।
उहाँले भन्नुभएको छ “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।”
पार्टीभित्र आलोचना गर्नेहरुका विररुद्धमा मिडिया ट्रायल गरेको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।”
उहाँले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि सोच्न आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बेहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।”