नेपाल चीन सम्बन्धलाई अग्रगति दिन इच्छुक छौं : चिनियाँ राष्ट्रपति

  साउन १७, २०७७

काठमाडौं साउन १७ : चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल चीन विकासित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउनुभएको छ । उहाँले नेपालमा चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औ बार्षिकोत्सवका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै सो कुरा बताउनु भएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

शननिबार जारी सन्देशमा उहाँले आफू दुई देशबीच निरन्तर विकसितहुँदै आएको द्वीपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताउनुभएको छ । साथै उहाँले दुई देशका जनतामाझ व्यापक लाभा हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया