चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव बेइजिङमा

  साउन १६, २०८२

बेइजिङ, १५ साउन : जुलाई ३० तारिख चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन बैदेशिक मित्रताका लागि चिनियाँ जनसंघ र चीनस्थित नेपाली राजदूतावासले संयुक्त रूपमा बेइजिङमा एक स्वागत समारोह आयोजना गरे । राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष स्याउ च्ये र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले पानस बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापना हुनु अगाडि र भएपछिको प्रगतिको समीक्षा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको योगदानको प्रशंसा गरे ।

नेपाल र चीनबीचमा सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेका अवसरमा चालु वर्षमा नेपाल र चीनले विविध कार्यक्रम आयोजना गरेर यो उत्सव मनाइरहेका छन्। बेइजिङको कार्यक्रममा चीन र नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरू र चीनका लागि विभिन्न देशका कूटनीतिक राजदूतहरू, २०० भन्दा बढी व्यक्तिहरूले स्वागत समारोहमा भाग लिएका थिए ।

सत्तरीऔँ वार्षिकोत्सवका बारेमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले एउटा गीत लेखेका छन् । चिनियाँ भाषामा अनुवाद गरिएको गीतलाई नेपाली युवा  सन्देश देउजाले गाए भने यो गीतलाई प्राध्यापक सिङ युन अर्थात् इन्दिराले चिनियाँ भाषामा अनुवाद गरेकी हुन् ।

लोगो सार्वजनिक

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको स्मारक लोगो आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । लोगोको केन्द्रमा अग्लो माउन्ट एभरेस्ट छ । यो चीन र नेपाल बीचको सीमा शिखर हो जसले चीन र नेपाल पानीको साँघुरो पट्टीले नजिकबाट जोडिएको र छुट्याएको प्रतीक हो । आकर्षक संख्या “७०” दुई देशका प्रतिनिधि सांस्कृतिक प्रतीकहरू मिलेर बनेको छ । चिनियाँ ड्र्यागन र नेपाली बुद्धिको आँखा ।

चिनियाँ ड्र्यागनले उड्ने र अगाडि बढ्ने विषयलाई प्रतिनिधित्व गर्दछ भने आँखा बुद्धि र करुणाको प्रतीक हो । रङहरू एउटा शीतल र अर्को न्यानो प्रकृतिका छन् । न्यानो रातो र पहेंलो रंग सूर्यको प्रतीक हो भने चिसो नीलो रंग चन्द्रमाको प्रतीक हो, जसले दुई देशहरूबीचको मित्रता र सूर्य र चन्द्रमाको चमकको प्रतिनिधित्व गर्दछ । समग्र चित्रले भविष्यमा चीन र नेपालबीच घनिष्ठ आदानप्रदान र सहयोग हुनेछ र साझा भविष्यसहितको घनिष्ठ चीन-नेपाल समुदाय निर्माण गर्न सँगै काम गर्नेछ भन्ने संकेत गर्छ ।

यसैबीच चीन र नेपालबीच सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न, नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा जनस्तरीय आदानप्रदान बढाउन अगस्ट २ र ३ तारिख चौथो संस्करणको हुइथ्येन अन्तर्राष्ट्रिय संस्कृति तथा कला महोत्सवको नेपाल-थिम सांस्कृतिक गतिविधि आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय संस्कृति तथा कला महोत्सवको नेपाल-थीम सांस्कृतिक खण्डमा नेपाली परम्परागत कला प्रदर्शनी, ध्वनि तरङ्ग यन्त्र सिङ्गिङ बाउल, नेपाली सांस्कृतिक पर्यटन, नेपाली खाना महोत्सव र नेपाली लोक गीतसंगीत कन्सर्ट प्रस्तुत गरिने चीनस्थित नेपाली विद्यार्थी संगठन (एनएसओ) बेइजिङका अध्यक्ष शरण थापाले  बताए ।

विभिन्न कला तथा रंगीन सांस्कृतिक गतिविधिहरूको श्रृंखला मार्फत चीन र नेपाल बीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने, सहयोगलाई बढावा दिने र कला, शिक्षा, खाना, संगीत र चलचित्रको क्षेत्रमा समझदारी बढाउनका लागि यसले प्लेटफर्म निर्माण गर्नेछ । कार्यक्रम बेइजिङ अन्तर्गत पर्ने छाङफिङ जिल्ला जनसरकारको विदेश मामिला कार्यालय, बैदेशिक मित्रताका लागि छाङफिङ जनसंघ, चीनको एशिया-प्रशान्त सञ्चार केन्द्र विदेशी भाषा प्रकाशन प्रशासन, चीन-नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रले मिलेर गर्न लागेका हुन् ।

सांस्कृतिक महोत्सवमा नेपाल परम्परागत कला प्रदर्शनी, मेहन्दी हाते चित्रकला कार्यशाला, सिङ्गिङ बाउल सांस्कृतिक अनुभव उपचार पद्धति, नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको प्रचारप्रसार, नेपाली खाना महोत्सव, सांस्कृतिक कन्सर्ट लगायत समावेश रहेको जनाइएको छ ।

China Nepal relation cake
China Nepal relation cake

तपाईको प्रतिक्रिया