चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

  १५ घण्टा अगाडि

काठमाडौँ, २५ असार : इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हरायो । चेल्सीलाई जित दिलाउन दुवै गोल जोआओ पेड्रोले गर्नुभयो ।

उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि क्वाटर्रफाइनलमा चेल्सीले पाल्मिरस तथा फ्लुमिनेन्सले अल हिलाललाई हराएर अन्तिम चारमा स्थान बनाएको थियो ।

उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । (एजेन्सी)

तपाईको प्रतिक्रिया