युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने

  १३ घण्टा अगाडि

काठमाडौँ, १७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरुले उठाएका सवालको जवाफ दिनुहुँदै उहाँले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता दिइएको, औद्योगिक क्षेत्रको प्रवर्द्धन, मन्त्रालयको सेवा अनलाइन प्रणालीबाट अघि बढाइने, कम्पनी रजिष्ट्रार कार्यालयको सेवा गत वर्षको फागुनदेखि नै अनलाइनबाट दिन थालिएको पनि मन्त्री भण्डारीले जानकारी गराउनुभयो ।

यसका साथै खानी तथा भूगर्भ विभागबाट खानी तथा उत्खनन अन्वेषण गरिने, प्रक्रिया पुर्‍याएर निजी क्षेत्रलाई खानी उत्खननमा लगाउन, धौवादी फलाम खानीका लागि पहुँच सडक निर्माणकार्य गरी अघि बढाउन, स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्न र औद्योगिक विकासग्राम सम्बन्धित स्थानीय तहले नै निर्माण गर्ने गरी कार्यक्रम ल्याइएको उहाँले सुनाउनुभयो । सरकारले छुट्टै उद्योग स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले कृषिऔजार उत्पादनका लागि कारखाना स्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया