थप १०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ४८३ पुग्यो

  साउन १०, २०७७

काठडमाडौं, साउन १० : विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गाैतमले बताउनुभएको हो । साथै उहाँले बारनकाे परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीकाे काेराेनाका कारण मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

निज युवतीमा स्वाशप्रश्वसमा समस्या अाएकाे तथा पातलाे दिसा लागेकाे जस्ता लक्षण भएकाे पनि बताउनुभयाे । याे सँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता  गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया